९ असार २०८१, शनिबार

अवैध रूपमा सिम निकालेर पैसा लुटपाट, गर्ने इन्जिनियर सार्वजनिक

  • १ फागुन २०८०, मङ्गलबार
Image

काठमाडौं-  नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने घट्नामा संलग्न रहेका इन्जिनियरलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ ।

बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धन बहादुर बोहरालाई उक्त  घट्नामा संलग्न रहेका बोहरालाई प्रहरीले  शनिबार पक्राउ गरेका थियो । उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत हुन।

धन बहादुरले माघ २३ गते बित्थडचिर०१ का  मोहन बहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेउक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएको बुझिएको छ ।

बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनि बझाङ गएको डीएसपीले दिपककुमार कार्कीले जानकारी दिए

अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए।

उनकै उजुरीका आधारमा डडेल्धुरा प्रहरीले लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो। त्यसपछि बझाङ प्रहरीले धनबहादुरलाई पक्राउ गरेर डडेल्धुरा प्रहरीलाई बुझाएको डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार धनबहादुरलाई ल्याउन जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायक आफैं बझाङ पुगेका हुन्

प्रयोगमा रहेको सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान छ।

तर, टेलिकमले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर