९ असार २०८१, शनिबार

प्यालेस्टिनीहरूको भेलामा इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु

  • १७ फागुन २०८०, बिहिबार
Image

२०८० फागुन १७ बिहिवार

काठमाडौँ- इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई जानकारी दिएको छ।

गाजा सहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताए।

मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ। यद्यपि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको जानकारी दिएको छ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा सहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर