९ असार २०८१, शनिबार

नेविसंघमा ४१ जना केन्द्रीय सदस्य मनोनीत

  • ३ चैत २०८०, शनिबार
Image

२०८० चैत ०३ शनिबार

काठमाडौं- नेविसंघमा ४१ जना केन्द्रीय सदस्य मनोनीत भएका छन्। शनिवार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विभिन्न जिल्लाका ४१ जनालाई नेविसंघको केन्द्रीय सदस्य मनोनीत गरेका हुन।  सभापति देउवाले पार्टीसम्बद्ध विद्यार्थी संगठन नेविसंघमा ४१ जना केन्द्रीय सदस्य थप गरेको जनाएको छ।

नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो। समितिमा यसअघि ७१० सदस्य रहेकोमा ४१ जना थपिएसँगै केन्द्रीय तदर्थ समितिको आकार ७४१ सदस्यीय भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर