९ असार २०८१, शनिबार

१९ जना नेपाली युद्धमा मारिए

  • १ वैशाख २०८१, शनिबार
Image

२०८१ बैशाख १ शनिवार

काठमाडौं- परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १९ जना नेपाली युद्धमा मारिएका छन् । रुसी सेनामा रहेका अन्य नेपाली फिर्ता आउन हार गुहार गरिरहेका छन् तर सरकारले फिर्ता ल्याउन सकिरहेको छैन ।

असोजको दोस्रो हप्तातिर दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। असोज २२ गते प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग भिडियोमार्फत कुराकानी पनि गरेका थिए ।  

त्यसको केही दिनमै पाँच जनाको शव नेपालले प्राप्त गरेको थियो । केही दिनमा अन्यको शव पनि प्राप्त भएको थियो। तर सो हमलामा परी बेपत्ता भएका विपिन जोशीको अवस्था अझै प्रस्ट भएको छैन।

तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले इजरायल तथा कतार सरकारसँग यस विषयमा पटकपटक कुरा गरेका थिए । अहिलेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि विपिन जोशीको अवस्था पत्ता लगाउन कूटनीतिक पहल गरेपनि हालसम्म उनको अवस्था अज्ञात नै छ । नेपालले त्यतिबेला इजरायलबाट २५४ जना नेपालीलाई सकुशल उद्धार गरी ल्याएको थियो ।

त्यस्तै रुस–युक्रेन युद्धमा पनि नेपाली मारिएका छन् । रुसी सेनामा नेपालीहरू अवैध रुपमा भर्ना भएका छन् । उनीहरू युद्धमा मारिन थालेपछि मात्र रुसी सेनामा नेपाली रहेको कुरा बाहिर आएको थियो ।

यसका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक प्रयास थाले पनि रुसले आफ्नो सेनामा नेपाली रहेको कुरा औपचारिक रुपमा स्वीकार गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर