९ असार २०८१, शनिबार

अबको दुई दशकभित्र नेपाललाई उच्च आयस्तरको विकसित मुलुक बनाउने सरकारको मार्गचित्र

  • १ वैशाख २०८१, शनिबार
Image

>२०८१ बैशाख १ शनिवार

काठमाडौं- अबको दुई दशकभित्र नेपाललाई उच्च आयस्तरको विकसित मुलुक बनाउने सरकारको मार्गचित्र छ सरकारको दीर्घकालीन सोचमा सन् २१०० सम्ममा नेपालीको प्रतिव्यक्ति आय १२ हजार एक सय अमेरिकी डलर पुर्‍याउने निरपेक्ष गरिबी अन्त्य गर्ने लक्ष्य  समुन्नतिको यो सपना पूरा गर्न लगानीको भने ठूलो खाडल देखिन्छ 

दीर्घकालीन सोचले दुई दशकमा ३५ हजार मेगावाट जलविद्युत् र पाँच हजार मेगावाट वैकल्पिक ऊर्जा उत्पादन गर्ने, राष्ट्रिय रणनीतिक महŒवका सडकलाई एसियाली हाइवे मापदण्डअनुसार चारदेखि आठ लेनसम्म निर्माण र विस्तार गर्ने लक्ष्य राखेको छ

 यसैगरी रेल, जल, हवाई, केबलकार र रोपवेलगायतका यातायात पूर्वाधार विकास र तिनलाई एकीकृत यातायात प्रणालीमा आबद्धता गर्ने, निरपेक्ष गरिबीको अन्त्य एवं बहुआयामिक गरिबीलाई तीन प्रतिशतमा झार्ने, औसत आयु ८० वर्ष पुर्‍याउनेलगायत लक्ष्य लिएको छ 

दीर्घकालीन सोच निर्माणको नेतृत्व गरेका आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल समृद्धिको आकांक्षा पूरा गर्न उच्चदरमा लगानी वृद्धिको खाँचो रहेको बताउँछन् उनका अनुसार यस्ता महत्वाकांक्षी लक्ष्य पूरा गर्न ठूलो लगानी अपरिहार्य हुन्छ ‘हामीलाई अहिले नै लगानी अपुग , दिगो विकासका लक्ष्य हासिल गर्न पनि लगानी पुगिरहेको छैन,’ उनले भने, ‘नेपाललाई विकसित बनाउने, जनताको जीवनस्तर उकास्ने, गरिबी न्यूनीकरण गर्नेलगायत हाम्रा आकांक्षा पूर्ति गर्न स्वदेशी तथा विदेशी निजी लगानी र दाताका सहुलियतपूर्ण ऋणको सदुपयोग गर्नुपर्छ।’

सरकारको दीर्घकालीन सोचले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा लगानीलाई ३६.९ प्रतिशतबाट बढाएर ४६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ जिडिपीमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को अनुपात आठ गुणाले वृद्धि गर्ने लक्ष्य लिएको जिडिपीमा विदेशी लगानीको अनुपातलाई . प्रतिशतबाट बढाएर चार प्रतिशत पुर्‍याउने लक्ष्य लिएको यसको अर्थ नेपालले विदेशी लगानीलाई उच्च प्राथमिकतामा राखेको बुझिने कँडेल बताउँछन् 


प्रतिक्रिया

सम्बन्धित खवर