९ असार २०८१, शनिबार

झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

  • १ वैशाख २०८१, शनिबार
Image

>२०८१ बैशाख १ शनिवार

काठमाडौं- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने छ।

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो ।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द  गरिने भएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमानुसार नै सीमा बन्द गर्ने चलन रहेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर