१८ वैशाख २०८१, मङ्गलबार

खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु

  • २ वैशाख २०८१, आइतबार
Image

>२०८१ बैशाख २ आइतवार

खोटाङ — खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । छुरा प्रहारबाट जिल्लाको  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको शनिबार राति सवा ८ बजे मृत्यु भएको हो  

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका  अनुसार तीन जनाले छुरा  प्रहार गरेको र उनीहरू फरार रहेका छन् । फरारको खोजी भइरहेको कार्कीले बताए ।

प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमान्डमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ 

 

प्रतिक्रिया

सम्बन्धित खवर