३२ असार २०८१, सोमबार

कञ्चनपुरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव फेला

  • २५ असार २०८१, सोमबार
Image

कञ्चनपुर/ कञ्चनपुरमा  पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव सोमबारफेला परेको छ ।जिल्लाको   पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव सोमबारफेला परेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया आरती बोगटी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । 

शव पोष्टमार्टमको लागि सेती  प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर