३२ असार २०८१, सोमबार

पहिरोमा परी एकजनाको मृत्यु

  • २७ असार २०८१, बुधबार
Image

२०८१ असार २६ बुधवार 

काठमाडौं- पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले  जानकारी दिए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर