२५ भदौ २०८१, मङ्गलबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

  • ३२ असार २०८१, सोमबार
Image

२०८१ असार ३१ 

काठमाडौँ-नेपाल आयल निगम सञ्चालन समितिको आज बसेको बैठकले  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै  निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

जसअनुसार अब पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । बढेको मुल्य मंगलबारदेखि लागू हुने भएको छ ।

निगमका अनुसार मूल्य वृद्धि भएपछि काठमाडौंमा अब पेट्रोलको मूल्य प्रति लिटर १७१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर