२५ भदौ २०८१, मङ्गलबार

पहिरोकाे उच्च जोखिममा विद्यालय

  • २४ साउन २०८१, बिहिबार
Image

 २०८१ साउन २४ बिहिबार

काठमाडौं -  तीन सातादेखिको अविरल वर्षासँगै आएको पहिरोले गर्दा बाजुराको लक्ष्मी माध्यमिक विद्यालय पहिरोकाे उच्च जोखिममा रहेको छ । जिल्लाको बडीमालिका नगरपालिका वडामा ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय वरिपरि पहिरो जान थालेपछि विद्यार्थी र शिक्षक त्रसित हुनुका साथै पठनपाठनसमेत अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक लालचन्द जैशीले जानकारी दिए । 

‘विद्यालय वरिपरि पहिरो बग्न थालेपछि पहिरोले विद्यालय कति खेर बगाएर लिन्छ भन्ने डरले विद्यार्थीहरू विद्यालयमा आउन छोडेका उनले बताए  । विद्यालय खुलेको दुई  साता भइसक्यो स्कुलको वरीपरि पहिरो बगिरहेको छ। पहिरोको त्रासले  विद्यार्थीहरू  विद्यालय आउन छोडेका छन् उनले भने। विद्यालयमा दुइ सय विद्यार्थीहरू भर्ना भएपनि अहिले पहिरोको डरले ठुलो कक्षाको ४५ जना  विद्यार्थी मौसम सफा भएको दिनमा आउने गरेका छन् । 

कक्षा १० मा अध्यनरत धिरेन्द्र विक पहिरोको त्रासले गर्दा  सानासाना कक्षका भाइबहिनी विद्यालय आउन नसकेको बताउँछन् । बडिमालिका नगरपालिकाका अन्य विद्यालयमा निरन्तर पठाइ संचालन भइरहेको छ तर आफुहरू विद्यालय पहिरोको पुर्ण जोखिममा भएको कारण नियमित विद्यालय जान नपाउँदा आफ्नो पढाइको कोर्स पछाडि परेको उनले गुनासो गरे ।

लक्ष्मी माध्यमिक विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्छन् । विद्यालयको मुल गेटसम्म पहिरो पुगिसकेको छ। भारि वर्षा आएको समयमा शिक्षक विद्यार्थीलाइ पहिरो आएर बगाएर लिन्छ कि भन्ने डरले कक्षा कोठामा राम्रोसँग विद्यार्थीहरूलाइ पढाउन सक्ने अवस्था नरहेको प्रधानाध्यापक जैशी बताउँछन् । 


प्रतिक्रिया

सम्बन्धित खवर