९ कार्तिक २०८३, आइतबार

बैतडीमा पहिरोले एक घर पुरियो

  • १० असोज २०८१, बिहिबार
Image

२०८१ असोज १० विहिबार 

काठमाडौं — बैतडीमा पहिरोले एक घर पुरिएको छ ।जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा पहिरोले एक घर पुरिएको हो । गएराति घर माथिबाट पहिरो खस्दा जोखल्लीका स्थानीय सुरेन्द्र रोकायाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

घर पहिल्यै पहिरोको जोखिममा रहेको र गएराति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले रोकायाको घर  पुरिएको  बैतडी प्रहरीका सूचना अधिकारी जनक ढुंगानाले जानकारी दिए। उनले भने, 'उक्त घर पहिलादेखि पहिरोको जोखिम थियो । हिजो वर्षा सुरु हुनेवित्तिकै घरपरिवार र गाईवस्तु आफन्तको घरमा सारिएको हुनाले क्षतिबाट जोगिएका छन् ।'

सुरेन्द्रको दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षति भएको छ । पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै नष्ट भएका बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर