काठमाडौं- जिम्बावे ‘ए’ विरुद्धको ट्वान्टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टिम घोषणा गरेको छ। क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा टिम घोषणा गरेको हो ।
नेपालले जिम्बावेसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपालले श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार खेल्नेछ।
नेपाली टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भने टिममा छैनन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation