१७ वैशाख २०८१, सोमबार

दयाहाङ राई र मिरुना मगरको ‘घर ज्वाइँ’ नामक फिल्म सुटिङ हुदै

  • ५ फागुन २०८०, शनिबार
Image

२०८० फागुन ०५ शनिवार

काठमाडौँ- दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालिएको हो 

अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने भएको छ। करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ,भोला सापकोटा, राज थापा काउचा, कविता आले,शिला आले,अनु थापा,बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढासुनील मगरलगायतले अभिनय गर्ने भएका छन्।   


सुसन प्रजापतिको छायाङ्कन,हर्क साउद र मनोज थापाको शब्दसंगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन्।

नेपालको वितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् । असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने जानकारी निर्देशक अनिल बुढामगरले दिएका छन्   संस्कृतिसँग नजिक रहेर निर्माण हुने जानकारी निर्देशक अनिल बुढामगरले दिएका छन्  

 

प्रतिक्रिया

सम्बन्धित खवर