९ असार २०८१, शनिबार

वित्थडचिरमा यसरी मनाईदै अन्तर्राष्ट्रिय महिला दिवस

  • २४ फागुन २०८०, बिहिबार
Image

२०८० फागुन २४ बिहिवार

काठमाडौं- ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वित्थडचिरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। महिलामा लगानी  सभ्य र समुन्नत समाजको  थालनी भन्ने राष्ट्रिय नाराका साथ बझाङको वित्थडचिर  गाउँपालिकामा भोलि यो दिवस मनाउने भएको हो।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । यसै अनुरुप प्रत्येक बर्ष जस्तै यो बर्ष पनि फागुन २५ गते बिभिन्न कार्यक्रमको आयोजना गरी वित्थडचिर गाउँपालिकाले पनि यो दिवस मनाउने भएको महिला शाखाले जनाएको छ।

उक्त दिवसको अवसरमा भोलि फागुन २५ गते माध्यामिक बिद्यालय स्तरीय बक्तत्वकला प्रतियोगीता, देउडा, नाटक, नृत्य कार्यक्रम गरिने महिला शाखा प्रमुख  सरिता अवस्थीले बताइन।  

देउडा प्रतियोगीता नाटक, नृत्य ,र  माध्यामिक बिद्यालय स्तरीय बक्तत्वकला प्रतियोगीतामा सहभागी सबैलाई समान पुरस्कार तोकिएको प्रमुख अवस्थीले जानकारी दिइन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर