१६ वैशाख २०८१, आइतबार

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने

  • ८ चैत २०८०, बिहिबार
Image

२०८० चैत ०८ बिहिवार

काठमाडौँ- बैंकिङ प्रणालीबाट आज राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंकले बिहीबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको  

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ । 

चैत ३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । तर सोही अवधिमा बैंकहरूले गरेको कर्जा लगानी भने जम्मा ५० खर्ब ८० अर्ब रुपैयाँ हारहारी मात्र देखिएको छ 

अन्तर बैंक ब्याजदर २.७३ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.३२ प्रतिशतमा झरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ७९.७१ प्रतिशत मात्र कायम गरेका छन्। यसो हुँदा हाल बैंकहरूसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझियो जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर