२०८० चैत २८ बुधवार
>घटना २०७३ सालको हो।
काठमाडौं- रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु
स्याङ्बो घलेमाथि एक जना महिलालाई कुवेत पठाइदिन्छु भन्दै श्रीलंका पुर्याएको
आरोप लागेको छ। प्रहरीले उनलाई मानव बेचबिखन गरेको
आरोपमा पक्राउ गरेको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंबाट बुधबार
गाउँपालिका अध्यक्ष घलेलाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिएका छन।
प्रहरीका अनुसार ती महिलालाई घलेले मासिक ८० कुवेती दिनार
तलब दिइने भन्दै कुवेत पठाउने प्रलोभनमा पारेको अनुसन्धानबाट देखिएको छ।
कुवेत पठाउने भने पनि उनलाई भारतको नयाँ दिल्ली
हुँदै भिजिट भिसामा कोलम्बो पुर्याइएको र त्यहाँ पुर्याएर कोठामा बन्धक राखिएको बताइएको छ।
श्रीलंकाबाट उद्धार भई फर्किएकी ती महिलाले गाउँपालिका अध्यक्ष घलेविरूद्ध जाहेरी दिएकी थिइन्। उनीमाथि त्यतिबेलै पक्राउ पुर्जी जारी भएको थियो।
फरार रहिआएका घले बुधबार काठमाडौंको बबरमहलबाट पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिइसकेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation