३२ असार २०८१, सोमबार

युक्रेनको उर्जा केन्द्रमा रुसको आक्रमण

  • २४ असार २०८१, आइतबार
Image

किभ- रुसले युक्रेनको उर्जा केन्द्रमा आक्रमण गरेको छ।जसका कारण उत्तर पश्चिम सुमी क्षेत्रका एक लाख बासिन्दा विद्युतविहीन बनेका छन् ।

नेसनल ग्रिड अपरेटर युक्रेनिर्गोले विद्युत् पुनस्र्थापनाको पहल भइरहेको जनाएका छन्।सो क्षेत्र रुसको सीमामा पर्दछ।सो आक्रमणमा उर्जामा क्षतिबाहेक मानिस हताहत भएको खबर नपाइएको जनाइएको छ ।

रुसले लामो समयदेखि उर्जालाई लक्षित गर्दै युक्रेनमा आक्रमण गर्दै आइरहेको जनाइएको छ।गएको तीन महिनामा मात्रै रसियाले युक्रेनको ९ गिगावाट क्षमताको विद्युत् उत्पादन केन्द्रमा क्षति गराएको जनाइएको छ। -बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर