२ जेठ २०८१, बुधबार

उद्योगमन्त्री बडूले भने- कर समायोजन गरेर पेट्रोलियमको मूल्य घटाउँछौँ

  • ९ असार २०७९, बिहिबार
Image

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउने संकेत गरेका छन्। 

करका दरहरुमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्नसक्ने बताए। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्युत्को खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको उल्लेख गरे।

मन्त्री बडूले भने, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। यसको समायोजनका लागि संसद्मा जुन कुराहरु आएको छ। ट्याक्स समायोजन गरेर भए पनि घटाउनेतर्फ सरकार सकारात्मक छ। अर्को विकल्प भनेको विद्युत्को खपत बढाउने हो। त्यो काम पनि सरकारको प्राथमिकतामै छ।’

मन्त्री बडूले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गरे। 


प्रतिक्रिया

सम्बन्धित खवर