३१ वैशाख २०८१, सोमबार

सर्वोच्चले दियो स्थानीय निर्वाचन रोक्न माग गर्दै परेको रिट दर्ताको आदेश 

  • ४ फागुन २०७८, बुधबार
Image

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ। वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो।

यसअघि हालेको रिटलाई सर्वोच्चका रजिस्ट्रारले बदर गरेपछि इजलासमा निवेदन दर्ता गर्न साहले माग गरेका थिए। त्यही मागको सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपीठ बदर गरी रिट निवेदन दर्ता गर्न बुधवार आदेश दिएको हो। मेयर साहले संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल ५ वर्ष हुने हुँदा उक्त कार्यकाल पूरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबीसहित निवेदन दिएका थिए।

त्यही निवेदनलाई सर्वोच्च प्रशासनले गत माघ २६ दरपीठ गरेको थियो। तत्कालीन प्रदेश २ मा २०७४ सालमा स्थानीय तहको चुनाव असोज २ गते भएको थियो। आगामी वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको कार्यकाल पूरा हुन नपाउने दाबी रिट निवेदनमा गरिएको छ। 



प्रतिक्रिया

सम्बन्धित खवर