२ जेठ २०८१, बुधबार

भारतको टेस्ट टोलीको कप्तानी पनि रोहितले गर्ने

  • ८ फागुन २०७८, आइतबार
Image

काठमाडाैं । भारतीय टेस्ट क्रिकेट टोलीको कमान पनि रोहित शर्माले सम्हाल्ने भएका छन्। उनलाई औपचारिक रुपमा आगामी श्रीलंका टेस्ट सिरिजका लागि कप्तान नियुक्त गरिएको हो।

भारतले घरेलु मैदानमा श्रीलंकासँग टेस्ट र टी-२० सिरिज खेल्ने  छ। उक्त सिरजका लागि ‘आउट अफ फर्म’मा रहेका चेतेश्वर पुजारा र अजिंक्य रहानेलाई टोलीबाट बाहिर राखिएको छ। छनोट समितिका प्रमुख चेतन शर्माका अनुसार केएल राहुलले वासिङ्टन सुन्दरलाई पूरै सिरिजबाट बाहिर राखेका छन्।

यता, शार्दुल ठाकुरलाई आराम दिइएको छ। शर्माले दुवैलाई श्रीलंकाविरुद्धको टेष्ट सिरिजबाट मात्रै बाहिर राखिएको बताए। उनीहरु रणजी ट्रफी खेलिरहेका छन्। शर्माका अनुसार रोहितको नेतृत्वपछि केएल राहुल, ऋषभ पन्त र जसप्रित बुमराहलाई भावी कप्तानको रूपमा तयार गरिनेछ।

श्रीलंकाली टोलीले भारत भ्रमणमा तीन टी-२० र दुई टेस्ट खेल्नेछ। पहिलो टी-२० खेल २४ फेब्रुअरीमा लखनउमा हुनेछ। टेस्ट सिरिजको पहिलो खेल मोहालीमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर