६ जेठ २०८१, आइतबार

चुनावी गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं : गृहमन्त्री खाण

  • १४ चैत २०७८, सोमबार
Image

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले शक्तिकेन्द्रहरूले कम्युनिष्टहरूलाई मिलाउन खोजिरहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सोमबार आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री खाणले चुनावी तालमेलबारे अहिले झगडा गर्न आवश्यक नरहेको टिप्पणी गरे। चुनावको नतिजा आफ्नो पक्षमा आउने गरी तयारी गर्नुपर्ने पनि खाणको भनाइ छ। बैठकमा गृहमन्त्री खाणले भने, 'शक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ। गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ। चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं।

अहिले झगडा गर्नुपर्ने आवश्यक छैन।' सत्ता गठबन्धन बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले पनि अहिले त्यसबारेमा झगडा गर्न आवश्यक नभएको उनको भनाइ छ। ' यो सत्ता गठबन्धन हुनेबेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको थियो। त्यसैले अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं।'

कांग्रेसमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने विषयमा मतभेद देखिएको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा जित हासिल गर्न कठिन हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर