१ जेठ २०८१, मङ्गलबार

भट्टराईले त्याग नगरेको भए पहिचानवादी दलहरु एक ठाउँमा आउनै नसक्ने थिए : महिन्द्र राय

  • २८ असार २०७९, मङ्गलबार
Image

काठमाडौं - जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य महिन्द्र राय यादवले डा. बाबुराम भट्टराईले त्याग नगरेको भए पहिचानवादी दलहरु एक ठाउँमा आउनै नसक्ने बताएका छन्। 

काठमाडौंमा सुरु जसपाको डा. बाबुराम भट्टराई पक्षीय भेलालाई मंगलबार सम्बोधनका क्रममा यादवले यस्तो बताएका हुन्। 

यादवले अर्का अध्यक्ष उपेन्द्र यादवको व्यवहारका कारण केन्द्रीय कार्य समिति बैठक डाक्न बाध्य भएको बताएका छन्। 'अब हामीले भएका उपलब्धी रक्षा गर्दै जानुपर्छ। मधेस आन्दोलनबाट धेरै रहेका पार्टी मिलाएर राष्ट्रिय जनता पार्टी बनेको थियो', उनले भने, 'अब यो देशमा एउटा वैकल्पिक पार्टी चाहिन्छ भनेर वैशाख १० गते ११ बजे राति जनता समाजवादी पार्टी बन्यो।'

उनले त्यो कुरा डा. भट्टराईको त्यागले बन्न सम्भव भएको पनि बताए। 'बाबुरामजीको त्यागले जसपा एकता भएको हो', उनले भने, 'उहाँले त्यसबेला वरीयताको चौथो स्थानमा बसेर त्याग गर्नु भएको हो, महन्थ ठाकुर अध्यक्ष हुनु भएको थियो।'

यादवले बाबुरामले जनयुद्ध लड्दै देशलाई यहाँसम्म ल्याएको भन्दै प्रशंसा पनि गरे। 'जनयुद्ध गरेर देशलाई यहाँसम्म ल्याइपुर्‍याएको नेताको कसैले अपमान गर्नु हुँदैन', उनले भने, 'तर उहाँसहित हामीले यो बैठक बोलाउन बाध्य बनाइयो। जसपा बनेपछि खुसियाली छाएको थियो तर आज हामी यो बैठक बोलाउन बाध्य छौँ।' 

प्रतिक्रिया

सम्बन्धित खवर