२० वैशाख २०८१, बिहिबार

रामचन्द्र पौडेलले भने- राष्ट्रपतिबाट संविधानमा चोट पुर्‍याएर व्यवस्थामाथि प्रहार गरिन्

  • ५ असोज २०७९, बुधबार
Image

काठमाडौं- नपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानमा चोट पुर्‍याएर व्यवस्थामाथि प्रहार गरेको टिप्पणी गरेका छन्। 

राष्ट्रपति विद्या भण्डारीबाट दुबै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्तारुढ दल रुष्ट देखिएका छन् । नेताहरुले राष्ट्रपतिबाट कानुनको पालना नभएको भन्दै आपत्ति जनाइरहेका छन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरे।

बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नभएकोमा आक्रोष पोखेका हुन्। 

उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको उनले बताएका छन्। 

उनले भनेका छन्,'बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु।'

प्रतिक्रिया

सम्बन्धित खवर