६ जेठ २०८१, आइतबार

सुदूरपश्चिममा नेकपा एस संसदीय दलको नेतामा सोडारी

  • १५ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस) को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्।

पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा शुक्रबार बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो। सोडारी हालै सम्पन्न निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा विजयी भएका हुन्।

सोडारी सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन्। प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कञ्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र समानुपातिकतर्फबाट निर्वाचित माया पन्तलाई सचेतक तोकेको छ।

यस प्रदेशमा एकीकृत समाजवादीका ४ सांसद छन्।


प्रतिक्रिया

सम्बन्धित खवर