१ जेठ २०८१, मङ्गलबार

अर्जुन पराजुलीको व्यङ्ग्य : जनताको लास जलिरेको बेला मन्त्रीहरुको सपथ हेर्न मेरो देशमा आउनू

  • ३ माघ २०७९, मङ्गलबार
Image

काठमाडौं- कवि अर्जुन पराजुलीले सरकारका नयाँ मन्त्रीको सपथबारे व्यङ्ग्य गरेका छन्। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण र पोखरामा भएको विमान दुर्घटनालाई जोडेर उनले व्यङ्ग्य गरेका हुन्।

समसामायिक विषयमा थोरै शब्दमा तिखो व्यङ्ग्य गर्न सक्ने कवि पराजुलीले जनताको लास जलिरहेको बेला मन्त्रीहरु सपथ लिएको एक्कै चोटी हेर्न नेपालमा मात्र सकिने भनेका छन्।

सडकपारि जनताको लास जलिरेको

सडकवारि मन्त्रीहरुको सपथ चिलरहेको

एकैचोटी हेर्न मन छ भने 

महोदय, 

मेरो देशमा आउनू !


प्रतिक्रिया

सम्बन्धित खवर