१ जेठ २०८१, मङ्गलबार

बझाङमा हिमपात ,बाली सप्रिने आसमा किसान

  • १८ माघ २०८०, बिहिबार
Image

     रमेश बोहरा / 

काठमाडौं- लामो  समयको खडेरीपछि बुधबार रातिबाट  बझाङमा हिउँदे वर्षा सुरु भएको छ । वर्षासँगै हिमाली तथा उच्च पहाडी भेगका अधिकांश ठाउँमा हिउँ जम्न थालेको छ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलो हिउँ परेको हो। सदरमुकाम चैनपुरसहित जिल्लाभर वर्षादेखि यस बर्षको हिमपात सुरु भएको छ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्।

 

यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए।

 

बालीनाली,तरकारी, फलफुल लगाएका किसान भने यो हिउँले निकै राहत पाउने  वित्थडचिर गाउँपालिकाका कृषि शाखा प्राविधिक दिपेन्द्र थापाले जानकारी दिए हिउँले गर्दा जमिनमुनिका खुम्रे किरा, रातो कमिलाहरु चिसोले मार्ने र जमिनमा आद्रूता रहिरहने हुनाले बालीनाली सप्रिने  र उत्पादनमा बृदिहुने उनले बताए

 

हिउँदे बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने वित्थडचिर गाउँपालिका-०१ आनन्दपुरका कृषक कलक बोहराको भनाइ छ। 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर